+
Search

ताजा अपडेट +

पपुलर +

‘ए साथी सुन’को शीर्ष गीत रिलिज

4KNationalDaily
२०७९ फाल्गुन ७, आईतवार १५:१९ बजे

काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित सिनेमा ‘ए साथी सुन’को शीर्ष गीत रिलिज भएको छ।

गीतमा अभिनेत्री शिवाकोटी र डेव्यु अभिनेता बानियाँ फिचर्ड छन्।

सुरज अधिकारीको संगीत तथा रविना मगरकको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ। गीतको भिडियाेमा रामजी लामिछानेले कोरियोग्राफी हेर्न सकिन्छ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ। कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन्।

जयनन्द लामा अभिनित अन्तिम सिनेमा चैत १० गते रिलिज हुनेछ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बिना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन्।

इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन्।

सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily