+
Search

ताजा अपडेट +

पपुलर +

मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छ : सन्दीप लामिछाने

4KNationalDaily
२०७९ फाल्गुन १०, बुधबार ११:५८ बजे

काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछानेले देशले क्रिकेट जितेको प्रतिक्रिया दिएका छन्।

आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा क्लीन स्वीप गरेपछि सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै लामिछानेले सो प्रतिक्रिया दिएका हुन्।

‘मैले कति योगदान गर्न सकेँ थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ’, लामिछानेले भनेका छन्, ‘यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’

नेपालले लिग २ को सिरिजमा पहिलो पटक चारै खेलमा जित निकालेको हो। स्कटल्यान्डलाई एकै सिरिजका दुवै खेलमा हराउने नेपाल एक्लो टोली हो।

https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/755493789279893

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily