मुम्बई– केही समयअघि सनी देओलको फिल्म गदर–२ को सुटिङको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
अहिले सलमान खान र कट्रिना कैफको आगामी फिल्म टाइगर–३ को सुटिङ सेटबाट एक भिडियो लिक भएको छ । यस भिडियोबाट फ्यानहरुको उत्साह थपिएको छ ।
यो भिडियोमा सलमान खान नभई फिल्म टाइगर–३ मा उनको कोस्टार इमरान हाश्मी देखिएका छन् ।
भिडियोमा सेटको वरिपरि धुवाँ देखिन्छ, जसले फ्यानहरूलाई यो एक एक्सन दृश्य हो भनेर अनुमान लगाइरहेका छन्। जहाँ इमरान कालो टिसर्ट र जिन्समा देखिएका थिए । इमरान टाइगर–३ मा भिलेनको भूमिकामा देखिनेछन् ।
टाइगर ३ मा सलमान खानको फरक लुक देखिनेछ । भाइजानको लुक यसअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया