+
Search

ताजा अपडेट +

पपुलर +

युएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीप लामिछानेको शानदार बलिङ

4KNationalDaily
२०७९ फाल्गुन १८, बिहीबार १५:१८ बजे

काठमाडौँ- आसिफ खानको अर्धसतकको मद्दतमा युएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको हो।

युएईका लागि ओपनर आसिफ खानले ७२ रन जोडे। उनले ९९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन्। भृतिया अरविन्दले १८, कप्तान रिजवानले २२, आरयन लाक्राले २८ रन जोडे। रोहन मुस्तफा रनमा नटआउट रहे।

युएईलाई सामान्य लक्ष्यमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा मात्रै २७ रन खर्चिएर महत्वपुर्ण विकेट हात पारेका हुन्।

यस्तै करण केसी, आरिफ शेख र कुसल मल्लले समान एक विकेट हात पारे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily