+
Search

ताजा अपडेट +

पपुलर +

नारायणगढ- मुग्लिङ सडकखण्ड आइतवारबाट नियमित सञ्चालन हुने

4KNationalDaily
२०७९ फाल्गुन २०, शनिबार १६:४४ बजे

चितवन– नारायणगढ–मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चारघण्टा बाटो अबरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्ड आइतवारदेखि नियमित आवतजावत हुने भएको हो ।

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यकाअनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतवारदेखि नियमिति रुपमा सडक सञ्चालन गरिन लागेको हो ।

उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए ।

‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवात जावतमा अब समस्य छैन्’ उनले भने ।

गत पुस ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुदैँ आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily