+
Search

ताजा अपडेट +

पपुलर +

यूएईविरुद्ध नेपाल ४२ रनले विजयी, लिग २ को पाँचौँ स्थानमा उक्लियो

4KNationalDaily
२०७९ फाल्गुन २२, सोमबार १९:०३ बजे

काठमाडौं- नेपालले घरेलु टिम यूएईविरुद्ध शानदार जित हासिल गर्दै विश्वकप लिग २ को टप ३ मा पुग्न सक्ने सम्भावना जिवित राखेको छ । आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई ४२ रनले पाखा लगाएको हो ।

दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको हो ।

दबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यूएईलाई ४२ रनले पराजित गरेसँगै नेपालले शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना बचाई राखेको छ ।

एकसमय यूएईलाई जितका लागि ५७ बलमा ५४ रन चाहिएको अवस्थामा यूएईका लागि संयमित इनिङ खेलेका ओपनर आसिफ खान र कार्तीक मियाप्पनलाई लाई आउट गर्दै दीपेन्द्रले लगातार विकेट लिएपछि नेपाल जिततर्फ बढेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily