+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्री अधिकारीलाई माओवादीको जवाफ- समर्थन दिन सक्दैनौं

4KNationalDaily
२०८० बैशाख ९, शनिबार १७:३९ बजे

पाेखरा– माओवादी केन्द्र गण्डकी प्रदेश, संसदीय दलका नेता हरिबहादुर चुमानले एमालेका अध्यक्ष केपी शर्मा ओली सङ्घीयताप्रति सकारात्मक नरहेको बताएका छन् ।

शनिवार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले ‘विश्वासको मत पाउँ’ भनि राखेको प्रस्तावको विपक्षमा उभिने सुनाउँदै नेता चुमानले भने, ‘पहिले प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो । त्यसबेला उहाँलाई सोधौँ भन्दाखेरि हाम्रै मुख्यमन्त्रीजीले उहाँलाई सोध्न पर्दैन, उहाँ सङ्घीयताप्रति र प्रदेश संरचनाप्रति सकारात्मक हुनुहुन्न भन्नुहुन्थ्यो । तर म खुसीचाहिँ कहाँ व्यक्त गर्छु भने उहाँ (मुख्यमन्त्री खगराज अधिकारी) चाहिँ सङ्घीयताप्रति, प्रदेश संरचनाप्रति सकारात्मक देखिनुभएको छ ।’

नेता चुमानले मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताए ।

त्यसो गर्दा केन्द्रीय राजनीतिको प्रभावसमेत नपर्ने उल्लेख गर्दै उलने भनेका छन्, ‘जसरी पालिका सरकारका प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् । त्यसैगरी मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित भयो भने त्यहाँ केन्द्रको कुनै हस्तक्षेप वा प्रभाव नै पर्दैन । दलहरूले यतातर्फ ध्यान दिनुपर्छ, त्यसैले अब राम्रो काम गर्ने, अरुलाई आरोप नलगाउनेतर्फ ध्यान दिनुपर्छ ।’

चुमानले आफ्नो दलले समर्थन फिर्ता लिएरै यो अवस्थामा आइपुगेकाले समर्थन गर्न नसक्ने बताएका छन् । उनले भने, ‘मुख्यमन्त्रीजीले जो प्रस्ताव राख्नु भएको छ, हामीले समर्थन दिनसक्ने भएन ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily