+
Search

ताजा अपडेट +

पपुलर +

३७ रन बनाउँदा कुवेतले ६ विकेट गुमायो, ५ विकेट करण केसी एक्लैले लिए

4KNationalDaily
२०८० बैशाख १६, शनिबार १६:१४ बजे

काठमाडौँ– कुवेत र नेपालबीच जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतले ६ विकेट गुमाएको छ।

अहिले पुन: पानी परेपछि खेल रोकिएको छ। हालसम्म नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा गुमाएर ३७ रन बनाएको छ।

कुवेतको ६ मध्ये १ विकेट सोमपाल कामीले लिए। अलराउन्डर करण केसीले घात बलिङ गरेर एक्लै ५ विकेट लिए। जसमध्ये उनले ४ ब्याटरलाई क्याच आउट गरेर पवेलियनको बाटो देखाएका थिए।

घातक बलिङ गरेका करणले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेका थिए। अब कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनुपर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily