+
Search

ताजा अपडेट +

पपुलर +

सुनिता डंगोललाई कार्यवाहक दिएर बालेन शाह भारत यात्रामा

4KNationalDaily
२०८० जेष्ठ १९, शुक्रबार ०९:२३ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत गएका छन् ।

उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन् । भारत जानुका कारणबारे भने उनले खुलाएका छैनन् ।

कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डंगोललाई अख्तियारी दिएका छन् ।

स्रोतका अनुसार पत्नी सविना काफ्लेको उपचारका लागि मेयर शाह बैंगलोर गएका हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily