+
Search

ताजा अपडेट +

पपुलर +

चितवनबाट आर्खेत जाँदै गरेको बस ढुङ्गागाढेमा दुर्घटना, १३ जना घाइते

4KNationalDaily
२०८० जेष्ठ ३१, बुधबार १४:३५ बजे

गोरखा– चितवनबाट गोरखाको आरूघाट गाउँपालिकाकाे आर्खेतका लागि छुटेको ना ५ ख ७२११ नम्बरको बस दुर्घटनामा परेकाे छ ।

गोरखा नगरपालिका वडा नम्बर–८, ढुङ्गागाढे चोक नजिकै बस दुर्घटनामा परेकाे हो ।

बस अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बस अनियन्त्रित भई भित्तामा ठोक्किँदा १३ जना घाइते भएको प्रहरीले जनाइएको छ ।

घाइते भएकाहरूको अहिले गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सबै अवस्थामा भने सामान्य रहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट हरीकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily