+
Search

ताजा अपडेट +

पपुलर +

बाँदर प्रभावित क्षेत्रमा घाँसखेती गर्ने गण्डकी सरकारको घोषणा

4KNationalDaily
२०८० असार १, शुक्रबार १७:०४ बजे

पोखरा– गण्डकी प्रदेश सरकारले बाँदर प्रभावित क्षेत्रमा घाँसखेतीलाई प्रोत्साहन गर्ने भएको छ।

गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आलेले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै बाँदर प्रभावित क्षेत्रमा घाँसखेतीको लागि १ करोड ५२ लाख रुपैयाँ विनियोजना गरेको जानकारी गराएका हुन्।

बजेटले शीतभण्डार स्थापनालाई प्रोत्साहन गर्न ४ करोड ५० लाख रुपैयाा अनुदान घोषणा गरेको छ।

कृषि,पशुपंक्षी तथा खाद्य विकास कार्यक्रम संचालन गर्दै उत्पादनमा आधारित अनुदानको लागि ७ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको पनि अर्थमन्त्री आलेले बताए।

‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ भन्ने नारासहित उत्पादकत्व बढाउन विविध कार्यक्रम संचालन गरिने पनि उनले घोषणा गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily