+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी उज्यालो प्रदेश घोषणा हुने, खानेपानीमा २ अर्ब ७० करोड

4KNationalDaily
२०८० असार १, शुक्रबार १७:२० बजे

पाेखरा– गण्डकी प्रदेश सरकारले सबै घरमा विजुली पुर्‍याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने भएको छ ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पहिलो निर्णय नै २ वर्षभित्र उज्यालो प्रदेश बनाउने गरेको थियो । तर, अहिलेसम्म पनि सरकारले त्यो लक्ष्य भेटाउन सकेको छैन ।

अब भने सबै यसमा बुजुली पुर्‍याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने बजेटमार्फत गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् ।

विद्युत सेवा नपुगेका घरमा सौर्य ऊर्जा पुर्‍याउने आलेले बताए ।  अहिलेसम्म करिब ९८ प्रतिशतको पहुँचमा विजुली पुगेको सरकारको भनाइ छ ।

एलपी ग्यासलाई प्रतिस्थापन गर्दै विद्युतीय चुलो प्रयोगमा पनि सरकारले प्रोत्साहन गर्ने भएको छ । संस्थागत सौर्य ऊर्जा कार्यक्रम पनि सञ्चालन गर्न पनि सरकारले १ करोड विनियोजन गरेको छ ।

प्रदेशका सबै घर परिवारलाई आधारभूत खानेपानी पुर्‍याउने पनि सरकारले जनाएको छ ।

खानेपानी आयोजनाको कार्यान्वयन र दीगो सञ्चालन, पुरानो व्यवस्थापन र नयाँ निर्माणका लागि २ अर्ब ७० करोड बिनियोजन भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily