+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीको बजेटमा गोरखा : च्याङ्लीमा औद्योगिक क्षेत्र निर्माणदेखि पर्यटकीय पदमार्गको सम्भाव्यता अध्ययनसम्म

4KNationalDaily
२०८० असार २, शनिबार ०९:५८ बजे

गोरखा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

अघिल्लो वर्षभन्दा आगामी आर्थिक बर्षका लागि प्रदेश सरकारले करिब डेढ अर्ब सानो बजेट ल्याएको हो ।

बजेटमा गोरखाको मान्वु, काशीगाँउ, धुन्चेत–चुमचेत जस्ता हिमाली तथा पहाडी क्षेत्रका नयाँ पर्यटकीय पदमार्गहरुको सम्भाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

त्यस्तै विकासको दृष्टिकोणले पछि परेका चुमनुब्री र धार्चे गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार र सुदृढीकरणको लागि पनि प्रदेश सरकारले आबश्यक बजेट बिनियोजन गर्ने घोषणा प्रदेश सरकारका अर्थमन्त्री जितप्रसाद आलेले गरे ।

आँपपिपल अस्पताललाई प्राथमिक स्वास्थ्य केन्द्रको सुदृढीकरणका साथै स्तरोन्नति गर्दै लैजान ५ करोड विनियोजन गरेको गरेको अर्थमन्त्री मन्त्री आलेले घोषणा गरे ।

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा गोरखाको च्याङ्लीमा औद्योगिक क्षेत्र निर्माण गर्नको लागि सम्भाव्यता अध्ययन गर्न पनि बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily