गोरखा– सहिद लखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादन बृद्धि, पालिकालाई मासु दुःध र अण्डामा आत्मानिर्भर बनाउन पशुपालन, घरेलु तथा साना उद्योग मार्फत रोजगारीको सृजनामा जोड दिएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘उत्पादन र उत्पादकत्वमा जोड दिऔं आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ कृषिजन्य बस्तुहरुका उत्पादनमा जोड दिने नीति तय गरेको छ ।
त्यस्तै खाद्य तथा अन्य कृषि उत्पादनमा आत्मनिर्भरताका लागि उत्पादनका पकेट, ब्लक, जोन तथा सुपर जोनकोबिकास गरी सघन व्यबसायिक खेती प्रणाली अघि बढाउने, एक गाउँ एक उत्पादनको नीतिलाई आत्मसाथ गर्दै कृषि उत्पादनमा जोड दिने, एक वडा एक कृषि उपज संकलन केन्द्रको स्थापना गरी त्यस क्षेत्रको उत्पादनलाई मूल्य श्रृंखलासंग जोडेर कृषि सहकारी र हाटबजार मार्फत उत्पादनमा आधारित अनुदान दिई बजारीकरण गर्ने नीति अवलम्बन गर्ने उल्लेख छ ।
भिडियाे
गाउँपालिकाले एक वडा एक नर्सरी स्थापनाको नीति समेत अबलम्बन गरेको छ ।
गाउँपालिका भित्रका बेरोजगारलाई विभिन्न प्रकारका सीपमूलक तालिमहरु प्रदान गरी आत्मनिर्भर बन्न प्रोत्साहित गर्न जोड दिइने उल्लेख छ ।
स्थानीय र परम्परागत रुपमा कार्य गर्दै आइरहेका आरन, सिलाइ, बुनाइ तथा ढाका कपडा उत्पादन जस्ता कार्यहरुलाई घरेलु उद्योगको रुपमा विस्तार गर्दै लगिने, उद्यम विकासका लागि सहज वित्तीय पहुँच सिर्जनाको लागि आवश्यक व्यवस्थाका लागि पहल गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमा बस्ने वातावरण निर्माण गर्न पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने, दलित, सिमान्तकृत तथा आर्थिक रुपमा अति विपन्न परिवारका मेधावी विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका स्तरको खेल मैदान निर्माण गरिनुका साथै गाउँटोल स्तरमा पनि सम्भाव्यता अध्ययन गरी एक वडा एक खेल मैदानको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिने गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/2023/06/finalized-policy-and-plans-2080.81.pdf” title=”finalized policy and plans 2080.81″]
प्रतिक्रिया