+
Search

ताजा अपडेट +

पपुलर +

संकटमा नेपाली टोली : नेपालले छैटौँ विकेट गुमायो, कप्तान पौडेल आउट

4KNationalDaily
२०८० असार ९, शनिबार १५:१३ बजे

काठमाडौँ– आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३३ रन बनाएर आउट भएका हुन् ।

३ चौका र एक छक्का हिर्काएका पौडेल लोगन भानविकको बलमा क्याचआउट हुन पुगे ।

नेपालले ३१.५ ओभरमा ६ विकेटको क्षतिमा ११६ रन बनाएको छ ।

कसिलो बलिङ गरिरहेका नेदरल्याण्ड्सका बलर सामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेका छैनन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily