+
Search

ताजा अपडेट +

पपुलर +

जित्नैपर्ने खेलमा नेपाल नेदरल्याण्ड्ससामु निरीह, १ सय ६७ रनमै अलआउट

4KNationalDaily
२०८० असार ९, शनिबार १६:०९ बजे

काठमाडौँ- आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्याण्ड्ससामु निरीह देखिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ।

जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्टस् क्लबमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १ सय ६७ रन बनाउँदा अलआउट भयो।

खराब प्रर्दशन गरेको नेपालले एक सय रन कटाउन २९ ओभरमा ५ विकेट गुमाएको थियो।

नेपालका लािग कप्तान रोहित पौडेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओडिआइमा ५० औं खेल खेलिरहेका कुशलले ५५ बलमा ३ चौका र १ छक्का हान्दा क्याच आउट भए। नेपालबाट ५० औं ओडिआइ खेल खेल्ने रोहित पहिलो खेलाडी हुन्।

कुशल मल्ल २७, भिम सार्की २२, गुलसन झा १५ र दिपेन्द्र सिंह ऐरिले १४ रन थपे। कुशल मल्लले १२ रन बनाए। आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शुन्य रनमा पवेलियन फर्के।

सन्दीप लामिछाने २७ रनमा क्याच आउट भए। सन्दीप ३३ बलमा ४ चौका हाने। ललित राजवंशी शुन्य रनमा नटआउट रहे।

नेपालले नेदरल्याण्डस्विरुद्ध २ छक्का र ११ चौका मात्र प्रहार गर्यो।

किफायती बलिङ गरेका नेदरल्याण्ड्सका बलरसामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily