काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशरण महतले गाउँपालिका पालिकाहरुमा हुने डोजर आंतक बन्द गर्नुपर्ने बताएका छन्।
मंगलबार संसदको अर्थसमितिको बैठकमा बोल्दै डा. महतले यस्तो बताएका हुन्। उनले पछिल्लो समय गाउँपालिकाहरुमा नै डोजर राखेर अनावश्यक सडक बनाइँदा बाढी पहिरो बढेको दाबी गरे।
महतले पालिकाहरुमा डोजर राखेर काम दिने नाममा जथाभावी बाटो बनाउँदा अहिले समस्या देखिएको बताए।
उनले अब जनप्रनिधिहरु,कर्मचारी,इन्जिनियरसमेत बसेर एउटा सर्वेक्षण गर्न आवश्यक रहेको बताए।
कति जनसंख्या भएको ठाउँमा १२ महिना चल्ने सडक आवश्यक छ त्यही अनुसार सडक बनाउनुपर्ने उनको भनाइ थियो।
‘पछिल्लो समय प्रत्येक स्थानीय तहमा डोजर आतंक छ। हरेक पालिका पालिकामा जोडर राखेर नचाहने ठाउँमा पनि बाटो खनिरहेका छौँ। डोजरलाई काम दिने नाममा नचाहिने ठाउँ र पहाडमा बाटो बनायौं। कति जनसंख्या भएको ठाउँमा १२ महिना चल्ने बाटो बनाउने? अहिलेदेखि सर्वेक्षण गरेर जनप्रतिनिधि, इन्जिजिनियर र कर्मचारीले प्राथमिकता तय गर्नुपर्छ’, ‘हिले ठूलो ठूलो पहिरो गएको कारण पनि त्यही हो। सय मिटरको फरकमा बाटो छ। पानी पस्यो पहिरो गइहाल्छ। त्यसले बगाउँदै जाँदा त्यो पहिरोले हाइड्रो पावर पनि लगेको छ।’
उनले गाउँगाउँमा डोजर पुर्याए पनि अब सडक सफा गर्नबाहेक प्रयोग गर्न नहुने बताए। ‘अब खन्न मेनपावरलाई लगाउनु राम्रो हुन्छ’, उनले भने, ‘एक सय मिटरको फरकमा सडक बनेकाले वर्षायामसँगै ठूलो पहिरो आएर धनजनको क्षति बढ्दै गएको छ।’
प्रतिक्रिया