काठमाडौँ– अभिनेत्री नीता ढुंगाना र कलाकार तथा ज्योतिषी हरिहर अधिकारीको जोडी यतिबेला मालदिभ्समा विवाहको पहिलो वर्षगाँठ (म्यारिज एनिभर्सरी) मनाइरहेको छ।
विवाहको एक वर्षपछि उनीहरू मालदिभ्स पुगेर रमाइलो गरिरहेका हुन्।
उनीहरूले त्यहाँबाट रोमान्टिक तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।
यी दुईलाई फिल्म वृत्तमा हनी जोडी भन्ने गरिएको छ।
विवाहपछि उनीहरूबचिको सहकार्यमा फिल्म ‘ह्रस्वदीर्घ’को पहिलो चरणको छायांकन भारतका विभिन्न स्थान गरिएको थियो।
प्रतिक्रिया