+
Search

ताजा अपडेट +

पपुलर +

कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : मुद्दाको किनारा नलागेसम्म दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्नू

4KNationalDaily
२०८० असार २७, बुधबार १८:४८ बजे

काठमाडौं- सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ ।

सभामुख बाबुराम गौतमको समेत समर्थनबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेले उक्त नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दिएको थियो ।

सर्वोच्चले यो रिटमा थापाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्दा बुझाएका प्रदेशसभा सदस्यहरुको समर्थन, दाबी, हस्ताक्षर लगायतका कागजात र प्रदेश प्रमुख परशुराम खापुङले गरेको नियुक्तिको निर्णयको सक्कल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको छ ।

त्यसपछि ७ गते पेशी तोक्न र निरन्तर सुनुवाइ गर्न पनि आदेश दिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily