+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी गाउँपालिकाको प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव गाउँसभाबाट पारित

4KNationalDaily
२०८० असार २९, शुक्रबार १७:५५ बजे

गोरखा– गण्डकी गाउँपालिकाको प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको छ । शुक्रवार बसेको १३ओेेै गाउँसभाकाे बहुमत सदस्यले पालिकाको   प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव पारित गरेको हो ।

२०७४ मा स्थानीय सरकार सञ्चालन भएपछि गाउँपालिकाको अस्थायी भवन वडा न ६, भुम्लिचाेककाे ओखल डाँडामा कायम गर्ने निर्णय गरेको थियो । २०७८ मा भएको गाउँ सभाले गाउँपालिकाको प्रशासनिक भवन वडा न ६ मा बनाउने निर्णय गरेको थियो ।

२०७९ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका दीपक तिमिल्सिनाकाे नेतृत्वले गाउँपालिकाको सेवा कार्यालयका रूपमा बन्टारमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

गाउँ सभा मार्फत पारित भएपछि अब पालिकाले भवन निर्माण गर्न बाटो खुला भएको छ । पालिकाको भवन निर्माणका लागि हरेक वर्ष संघ र प्रदेश सरकारले रकम दिदैं आइरहेको छ ।

यसअघि नै पालिकाले ल्याएको नीति तथा कार्यक्रममा सहित बजेटमा पालिकाको प्रशासनिक भवन बनाउन बजेट विनियोजन गरेको अध्यक्ष तिमिल्सिनाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily