+
Search

ताजा अपडेट +

पपुलर +

मौद्रिक नीतिले बैंकहरूलाई ब्याजदर घटाउन दबाब

4KNationalDaily
२०८० श्रावण ७, आईतवार १७:०२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर घटाउन दबाब दिने नीति लिएको छ।

राष्ट्र बैंकले नीतिगत दरलाई घटाएको हो।

नीतिगत दर घटेपछि बैंकहरूले राष्ट्र बैंकमार्फत सापटीमा लागत कम पर्छ। राष्ट्र बैंकले दिने सापटी लागत कम पर्दा बैंकहरूलाई ब्याजदर घटाउन ठाडो दबाब हुन्छ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा भनेको छ,‘ आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ। बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।’

बैंक दर भने यथावत राखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily