+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक ‘युरोमनी अवार्ड फर एकसिलेन्स’ बाट सम्मानित

4KNationalDaily
२०८० श्रावण १०, बुधबार २०:४५ बजे

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ‘युरोमनी अवार्ड फर एकसिलेन्स-२०२३’ बाट सम्मानित भएको छ ।

युरोमनी बेलायतको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उक्त अवार्ड प्राप्त गरेको यो समेत तेस्रो पटक भएको बैंकले जनाएको छ ।

यसअघि सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो ।

वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएको कारण नेपाल इन्भेष्टमेट मेगा बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकको दाबी छ ।

भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराएकै कारण युरोमनीबाट सम्मानित भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily