+
Search

ताजा अपडेट +

पपुलर +

लुम्बिनी विकास बैंकको नाफा ३.८८ प्रतिशत घट्यो, वितरणयोग्य मुनाफा कति?

4KNationalDaily
२०८० श्रावण १२, शुक्रबार १२:२७ बजे

काठमाडौं- लुम्बिनी विकास बैंकको नाफा ३.८८ प्रतिशत घटेको छ। गत वर्ष बैंकले ६१ करोड २४ लाख रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफा सामान्य घट्न पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी खुद फि तथा कमिसन आम्दानी ०.११ प्रतिशत बढेर १५ करोड ४१ लाख रुपैयाँ गरेको छ।

निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४० करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ रुपैयाँ ४० पैसा रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ११ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.८१ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा छ।

असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily