+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंक र माइक्रोफाइनान्स फन्डबीच व्यवसायिक ऋण सम्झौता

4KNationalDaily
२०८० श्रावण १८, बिहीबार ०९:१५ बजे

काठमाडौँ– कुमारी बैंक लिमिटेडले ‘ईएमएफ माइक्रोफाइनान्स फन्ड, एजीएमभीके, लिचटन्सटेन’ सँग व्यावसायिक ऋण सम्झौता गरेको छ।

माइक्रोफाइनान्स फन्डसँगको सहकार्य मार्फत, कुमारी बैंकले साना तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको जनाएको छ। जसले आर्थिक उन्नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ।

यसअघि, कुमारी बैंकले महिला सशक्तिकरण ऋण र महिला स्वामित्व भएका ‘एमएसएमईएस’ लाई सहयोग गर्न माइक्रोफाइनान्स एन्हान्समेन्ट सुविधा ‘एसए एसआईसीएभी–एसआईएफ’ सँग ‘ईसीबी’ सफलतापूर्वक पूरा गरिसकेको जनाएको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ एटीएम तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily