+
Search

ताजा अपडेट +

पपुलर +

कर्णाली डेभलपमेन्ट बैंकले कमायो चार करोडभन्दा बढी नाफा

4KNationalDaily
२०८० श्रावण १९, शुक्रबार ०९:१७ बजे

काठमाडौं– कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

अघिल्लो वर्ष सो अवधिसम्म ३ करोड ७९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको हो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज घट्दा सञ्चालन नाफासँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो । अघिल्लो वर्ष ३ करोड १५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष १ करोड ३८ लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो ।

अघिल्लो वर्ष सो अवधिसम्म ३ करोड ७९ लाख रूपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको यो कम्पनी गत वर्ष भने ४ करोड ४३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफामा गएको हो ।

गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ४९ करोड ३ लाख रूपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्तापूँजी ५० करोड २८ लाख ३० हजार रूपैयाँ छ ।

रिटेन्ड अर्निग ७ करोड २६ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम १७ कराड ४९ लाख रूपैयाँभन्दा बढी छ ।

अघिल्लो वर्षभन्दा करिब ३ प्रतिशत बढी ४ अर्ब ६० करोड ९२ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ दशमलव ३४ प्रतिशत बढी ३ अर्ब ३७ करोड ५ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्ष ३ दशमलव ४ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ३ दशमलव ९२ प्रतिशत पुगेको छ ।

प्रतिशेयर आम्दानी ८ रूपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रूपैयाँ ४३ पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily