काठमाडौं- नटिङघम फरेस्टलाई हराउँदै आर्सनलले इङ्लिस प्रिमियर लिगमा विजय सुरुवात गरेको छ।
शनिबार राति एमिरेट्स स्टेडियममा भएको खेलमा नटिङघम फरेस्टविरुद्ध आर्सनलले २–१ गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो।
टिकेटिङको समस्याका कारण निर्धारित समयभन्दा आधार घण्टा ढिला खेल सुरु भएको थियो।
आर्सनलको जितमा एडी एनकेटिया र बुकायो साकाले समान एक गोल गरे। नोटिङघमका लागि ताइवो अवोनीले सान्त्वना गोल फर्काए।
खेलको २६औं मिनेटमा इङ्ल्यान्डका फरवार्ड एडी एन्केटियाहको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। गाब्रियल मार्टिनेलीको पासलाई एन्केटियाहले पोस्टको जाली चुमाएका थिए। खेलको ३२औं मिनेटमा साकाले आर्सनलको अग्रता दोब्बर पारे। विलियम सालिबाको पासलाई साकाले सिधै पोस्टको गति दिएका थिए।
खेलको ८३औं मिनेटमा नटिङघम फरेस्टका लागि वैकल्पिक खेलाडी ताइबो अवोनीले गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्।
जितसँगै आर्सनल ३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। पराजित नटिङघम फरेस्ट १५ औं स्थानमा छ।
प्रतिक्रिया