+
Search

ताजा अपडेट +

पपुलर +

साताको पहिलो कारोबार दिन आइतबार पुँजी बजार दोहोरो अंकले वृद्धि

4KNationalDaily
२०८० श्रावण २८, आईतवार १६:२५ बजे

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार पुँजी बजार १४.८१ अंकले वृद्धि भएको छ। उक्त अंकको वृद्धिपछि नेप्से परिसूचक २०८० अंकमा कायम भएको छ।

कूल १ सय कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीको मूल्य भने घटेको छ। कारोबार रकम भने ३ अर्ब १ करोड माथिको रहेको छ।

आज सबैभन्दा धेरै निर्जीवन बीमा उपसूमह बढेको छ। यो २४१ अंकले बढेको छ। त्यस्तै, बैंकिङ उपसमूह १३, विकास बैंक २१, होटल तथा पर्यटन १०७, जलविद्युत् १८, जीवन बीमा ५८ अंकले बढेको छ।

आइतबार धेरै कमाउनेमा थ्रीस्टार हाइड्रोपावर र अपर स्याङ्जे रहेका छन्।

यिनको मूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै, माउन्टेन इनर्जीको मूल्य ९.७ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य ८ प्रतिशत बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily