+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा छुट

4KNationalDaily
२०८० श्रावण २९, सोमबार १९:५० बजे

 काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरूलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा छुट दिने भएको छ।

बैंकका ग्राहकले स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो।

यो योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ। यो योजनामा एक पटकको खरिदको रु. २०० सम्म र योजना अवधिभर रु. ५०० सम्म छुट पाइनेछ।

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरूमा लागू हुने कम्पनीले जनाएको छ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily