+
Search

ताजा अपडेट +

पपुलर +

लगानी जुटाउन नसकेका गाेरखाका चार आयोजनाको पिपिए खारेज हुँदै

4KNationalDaily
२०८० भाद्र १, शुक्रबार १२:१२ बजे

गोरखा- लगानीको स्रोत जुटाउन नसकेका गोरखामा निर्माणाधीन ४ वटा जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खारेज हुने भएको छ । गोरखाका चेपे र दराैदी लगायतका खोलामा जलविद्युत् आयोजना निर्माणका क्रममा छन् ।

पिपिए खारेज हुने जलविद्युत् आयोजनामा चेपे ‘ए’समेत रहेको छ । यो आयोजना चम्पावति हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ । गोरखाको सिरानचाेक गाउँपालिका-१ र २ वडामा निर्माण भइरहेको यो आयोजना केही समय विवादै विवादमा फसेको आयोजना हो ।

यो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसंग २०७५ फागुन ७ गते पिपिए गरेकाे थियो ।

करिब ७ मेगावाट क्षमताको आयाेजनाले पिपिए गरेको लामो समयसम्म पनि लगानी जुटाउन नसकेपछि पिपिए सम्बन्धी नीतिगत व्यवस्था गर्न गठित सरकारी समितिले सय मेगावाटसम्मका आयोजनाले पिपिए गरेको दुई वर्षसम्म लगानी नजुटाए खारेज गर्न सिफारिस गरेको आधारमा खारेज गर्न लागेको हो ।

याे पनि,

चेपेमा अवैध दाेहन, रमिते स्थानीय सरकार !

समितिको प्रतिवेदन कार्यान्वयनमा आए लगानी जुटाउन नसकेका सँगै ती आयोजनाको पिपिए खारेज भए बैंक जमानत र लाइसेन्ससमेत खारेज हुनेछ ।

यस्तै कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको अपर दराैंदी सी ९.८२ र अपर दराैंदी बी ८.३ को समेत पिपिए खारेज गर्न सिफारिस गरेको छ । यो आयोजना कालिका कन्स्ट्रक्सनका विवादित ठेकेदार विक्रम पाण्डेले निर्माण गर्न लागेको हुन् ।

अजिरकाेट गाउँपालिका वडा न १, ४ र ५ को क्षेत्रमा निर्माण हुने यो आयोजनाले दराैंदी ए निर्माण गरिसेकेको छ । यी दुवै आयोजनाले २०७६ वैशाख ९ गते पिपिए सम्झौता गरेका थिए ।

यस्तै अजिरकाेट गाउँपालिका वडा न २ करिब सामुदायिक वनमा निर्माण हुन लागेको दुधपाेखरी चेपेको समेत पिपिए खारेज हुने भएको छ । २०७५ माघ १५ गते पिपिए भएको यो आयोजनाले ५ वर्षसम्म पनि लगानीको स्रोत जुटाउन नसकेकाले पिपिए खारेज हुन लागेको हो ।

यो सँगै अजिरकाेटकाे वडा न खरिबाेटका करिब ८५ घर जोखिममा राखेर निर्माणको काय अघि बढिरहेको सुपर चेपे भने निर्माणको अन्तिम चरणमा पुगेको छ ।

याे पनि,

राइनासटार सिँचाई आयोजना ध्वस्त बनाउदैं चेपे खोला ‘ए’ जलविद्युत

भुगर्भविदको चेतावनीलाई लत्याउदैं वलाङमा ‘हाइड्रो पावर कम्पनीको दाेहन’

‘सुपर चेपे’ हाइड्रोका नाममा जनता लुट्दै ‘रिजन कम्पनी’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily