+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित : मिन विश्वकर्मा

4KNationalDaily
२०८० भाद्र ५, मंगलवार १९:११ बजे

काठमाडौं- नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता विश्वकर्माले नेपाली कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकिर समेत गरे ।

समाजमा जन्मिएको पार्टी भएको हुनाले नेपाली कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाई थियो । नेता विश्वकर्माले कांग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताए ।

त्यस अवसरमा नेता विश्वकर्माले कांग्रेसलाई ‘घिउ’ र रास्वपालाई ‘घिउको वासना’ सँग तुलना समेत गरेका थिए ।

उनले जनताको बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल बन्न सफल भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily