+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना

4KNationalDaily
२०८० भाद्र १०, आईतवार ०९:२८ बजे

काठमाडौं- आज गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिजोअस्तीको तुलनामा आज देशका अन्य प्रदेशमा मनसुनी गतिविधि केही कमजोर बनेपनि गण्डकी प्रदेशमा भने आज भारी वर्षाको सम्भावना हरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेकाले आज गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा भारी वर्षाको सम्भावना छैन।

हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा कायम छ।

आज देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज कोशी, मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।नी गतिविधि कायम रहन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily