+
Search

ताजा अपडेट +

पपुलर +

एमबाप्पेको दुई गोलमा पीएसजीको सहज जित

4KNationalDaily
२०८० भाद्र १८, सोमबार ०९:०६ बजे

काठमाडौं– केलिएन एमबाप्पेले दुई गोल गरेपछि फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनलाई ४-१ ले पराजित गरेको छ ।

खेलको दोस्रो मिनेटमै एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरे । त्यसबीचमा अच्रफ हिकमीले २०औं र मार्को असेन्सिओले ३८औं मिनेटमा गोल गरे ।

कोरेन्टिन टोलिसोले दोस्रो हाफमा लियोनका लागि सान्त्वना गोल फर्काए । लियोनले लिगमा सन् १९६६ पछि पहिलो हाफमै चार गोल बेहोरेको यो पहिलो पटक हो ।

फ्रेन्च स्ट्राइकर एमबाप्पेले क्लब छाड्ने हल्लाबीच पीएसजीका लागि पुनरागमन गर्दै पछिल्ला तीन खेलमा ५ गोल गरिसकेका छन् ।

यस सिजन चार खेलमा दोस्रो जित निकालेको पीएसजी ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट १० अंकसहित मोनाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily