+
Search

ताजा अपडेट +

पपुलर +

वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे

4KNationalDaily
२०८० भाद्र २६, मंगलवार २२:११ बजे

काठमाडौं– माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। माछापुच्छ्रे बैंक चालू आ.व. २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो।

बैंकको शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६ सय ९२ (चुक्ता पुँजीको १३.३० प्रतिशत) बोनस शेयर र ७ अर्ब १८ करोड ८९ (चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको थियो।

यससँगै गत भदौ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो। उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् वितरण हुनेछ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो। बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैंया सञ्चित छ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily