+
Search

ताजा अपडेट +

पपुलर +

हवाई टिकट खरिदमा ‘आईएमई पे’को क्यासब्याक अफर

4KNationalDaily
२०८० भाद्र २७, बुधबार ०९:३४ बजे

काठमाडौं– डिजिटल वालेट ‘आईएमई पे’ले एयरलाइन्स टिकट खरिदमा ५०० रुपैयाँ क्यासब्याक दिने भएको छ ।

कम्पनीले प्रोमो कोडको प्रयोग मार्फत टिकट खरिद गर्दा फ्ल्याटमा ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको हो ।

यस अफर अन्तर्गत सेवाग्राहीले ‘आईएमई पे’ मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गर्नुपर्ने हुन्छ । यसरी टिकट खरिद गर्दा ५०० रूपैयाँ क्यासब्याक प्राप्त गर्ने ‘आईएमई पे’ ले जनाएको छ ।

सेवाग्राहीलाई विद्युतीय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ उक्त अफर ल्याएको जनाएको छ ।

अफर २४ भदौदेखि सुरु भएको अफर पहिलो एक हजार योग्य सेवाग्राहीलाई प्रदान गरिने जनाएको छ । उक्त अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीलाई सीमित अवधिका लागि मात्रै रहेको समेत जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily