काठमाडौं- एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
यससँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ता साथै कर्मचारी र तिनका पारिवारिक सदस्यहरुले उक्त अस्पतालबाट आईपीडी डाइग्नोसिस, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट लिन सक्नेछन्।
त्यस समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारी उपस्थित थिए।
एभरेष्ट बैंकमा हालसम्म करिब १३ लाख ग्राहक छन्। देशैभर १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहितको नेट्वर्क छ।
बैंकले मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ।
प्रतिक्रिया