+
Search

ताजा अपडेट +

पपुलर +

आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा दोस्रो चरणको वार्ता सुरु

4KNationalDaily
२०८० आश्विन ४, बिहीबार २०:५६ बजे

काठमाडौं– आन्दोलनरत शिक्षकको मागको सम्बोधन गर्ने विषयमा आन्दोलनरत शिक्षक र सरकारकाबीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ।

वार्ता बिहीबार साँझ गृह मन्त्रालयमा सुरु भएको हो। यसअघि बिहीबार बिहान बसेको वार्ता बिना निष्कर्ष टुंगिएको थियो।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र मन्त्रालयका सचिवहरु छन्।

त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु सहभागी छन्।

शिक्षकहरुको सबै माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएपछि बिहानको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily