+
Search

ताजा अपडेट +

पपुलर +

आईएमई मार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सकिने

4KNationalDaily
२०८० आश्विन ८, सोमबार ०८:०६ बजे

काठमाडौं– रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीले सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ ।

विदेशमा रहेको आईएमई रेमिट्यान्ससँगको पार्टनरसीप मार्फत सजिलै विदेशमा रहेका नेपालीले यो सुविधा लिन सक्नेछन् ।

सामाजिक सुरक्षा कोषलाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्न आईएमई पहिलो रेमिट्यान्स कम्पनी बनेको छ ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले यो सुविधा मार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताए ।

कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आईएमईको सेवाले सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily