+
Search

ताजा अपडेट +

पपुलर +

परस्त्रीसँग जङ्गलमा डेटिङ गएका अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुखलाई श्रीमतीले भकुरे पछि.. (भिडियाे)

4KNationalDaily
२०८० आश्विन १२, शुक्रबार १६:०२ बजे

झापा– अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई उनकी श्रीमतीले कुटेकी छिन् ।

एक जना महिला कर्मचारीसँग जङ्गलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले बस्नेतलाई फलो गर्दै गएर फेला पारेकी हुन ।

नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जङ्गलमा भेटेपछि बस्नेतलाई लछार पछार पर्दै भकुरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पिछा गरेको र उनीहरूलाई जङ्गलमा भेटेपछि घटना सार्वजनिक भएको थियो ।

स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोसाकमै देखिएको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ ।

पछिल्लो समय झापासहित पूर्वमा कार्यरत सरकारी कर्मचारीको यस्ता अनैतिक गतिविधि बढेको पाइएको छ ।

योसँगै अर्जुनधारा नगर स्वास्थ्य शाखा प्रमुख बस्नेतको यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily