+
Search

ताजा अपडेट +

पपुलर +

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा २, डिजेलमा ६ र ग्यासमा २१५ रुपैयाँले वृद्धि

4KNationalDaily
२०८० आश्विन १३, शनिबार २१:०१ बजे

काठमाडौं- नेपाल आयल निगमले दसैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्यसूची बढेर आएको भन्दै निगमले नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले बढाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।

यस्तै हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँले बढेको छ।

अब नयाँ बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेल/मट्टितेल १७९ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १४४ र अन्तर्राष्ट्रिय १.०९६ अमेरिकी डलर तथा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily