काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको भाउमा सामान्य गिरावट आउँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.८१ रुपैयाँ रहँदा बिक्री दर १३३.४१ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ रहँदा बिक्री दर १३३.५० रुपैयाँ थियो।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४०.८३ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.४७ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४०.८१ रुपैयाँ र बिक्री दर १४१.४४ रुपैयाँ थियो।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६३.२० रुपैयाँ र बिक्री दर १६३.९३ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६३.०० रुपैयाँ र बिक्री दर १६३.७३ रुपैयाँ थियो।
प्रतिक्रिया