+
Search

ताजा अपडेट +

पपुलर +

पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले घट्यो, कति पुग्यो ?

4KNationalDaily
२०८० आश्विन २८, आईतवार १९:५३ बजे

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily