काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ तय भएको छ। हिजो १ डलरको खरिद दर १३२.८२ रुपैयाँ र बिक्री दर १३३.४२ रुपैयाँ थियो।
यस्तै, हिजो १ युरोको खरिद दर १४१.२३ रुपैयाँ रहेकोमा आज १४०.४१ रुपैयाँ कायम भएको छ। बिक्री दर हिजो १४१.८७ रुपैयाँ रहेकोमा आज १४१.०४ रुपैयाँ रहेको छ।
आज १ पाउण्डको बिक्री दर १६१.६९ रुपैयाँ र खरिद दर १६०.९७ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको बिक्री दर १६३.१५ रुपैयाँ र खरिद दर १६२.४१ रुपैयाँ थियो।
प्रतिक्रिया