काठमाडौं– त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपालको तेुस्रो विकेट पतन भएको छ।
२८ बलमै अर्धशतक प्रहार गरेका भुर्तेल एलबीडब्लू धरापमा पर्दै पेविलियन फर्किएका हुन्।
यसअघि नेपालका ओपनर आशिफ शेख र कुशल मल्ल आउट भएका थिए।
दोस्रो विकेटका रुपमा नेपालमा हिटर ब्याटर कुशल मल्ल आउट भएका हु्न्। उनलाई यूएईका १७ वर्षीय आयान खानले बोल्डआउट गरेका हुन्।
ओपनर आशिफ शेख र मल्ल दुवैलाई आयान खानले आउट गरेका थिए।
युएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।
प्रतिक्रिया