काठमाडौं– टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
नेपालका लागि अविनाश बोहराले तीन विकेट लिए । गुल्शन झा र सन्दीप लामिछानेले २–२ विकेट लिएका छन् ।
प्रतिक्रिया