+
Search

ताजा अपडेट +

पपुलर +

पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा ११ करोड ९५ लाख

4KNationalDaily
२०८० कार्तिक १३, सोमबार ११:५६ बजे

काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८८/८१ को पहिलो त्रैमासमा कामना सेवा विकास बैंकले ११ करोड ९५ लाख रूपैयाँ नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा उक्त नाफा कमाएको हो ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनाभन्दा झण्डै तीन गुणा बढी हो । बैंकले गत आवको यसै अवधिमा ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले यस अवधिसम्म ५६ अर्ब ८२ करोड निक्षेप संकलन गरी ८७ अर्ब कर्जा प्रवाह गरेको छ ।

वित्तीय विवरण अनुसार बैंकको रिटर्न अन इक्विटी ९.९० प्रतिशत रहेको छ भने खराब कर्जा ३.४८ प्रतिशत रहेको छ ।

बैंकको आधारदर ११.७२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १४.५७ प्रतिशत रहेको बैंकको कुल सम्पत्ति प्रतिसेयर अनुपात १,८५२.६१ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily