+
Search

ताजा अपडेट +

पपुलर +

नेपालले खेल जित्दा अर्नाले ६ लाख ७६ हजार दिनुपर्ने, सबैभन्दा धेरै कुशल भुर्तेलले पाउने

4KNationalDaily
२०८० कार्तिक १३, सोमबार १५:१८ बजे

काठमाडौं– टी–२० विश्वकपको एसिया छनोटमा नेपालले पहिलो खेल जित हात पार्दै सुखद सुरुवात गरेको छ। नेपालले आठ विकेटले सिंगापुरलाई पराजित गरेको हो। तुलनात्मक रुपमा बलियो नेपालले पहिले बलिङ गरे पनि चुनौतीपूर्ण लक्ष्य नपाएपछि सहज रुपमा जित हात पारेको हो।

आजको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। नेपालले १६.२ ओभरमा २ विकेटको क्षतिमा १४७ रन बनाउदै सिंगापुरले दिएको लक्ष्य भेटाएको हो।

विश्वकप छनोट खेलमा सहभागी भएका खेलाडीहरुलाई यसअघि अर्ना बियरले उनीहरुको प्रदर्शनको आधारमा रकम दिने घोषणा गरेको थियो। उसको घोषणा अनुसार नेपाली खेलाडीका लागि पहिलो खेलमा कुल ६ लाख ७६ हजार खर्च गर्नेुपर्ने देखिएको छ।

बलिङतर्फ कुल २ लाख ९४ हजार र ब्याटिङतर्फ कुल ३ लाख ८२ हजार गरी कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको हो।

ब्याटिङमा अर्धशतक पूरा गरी अन्तिम समयमा आउट भएका कुशल भुर्तेलले सबैभन्दा धेरै रकम पाउने देखिएको छ। भुर्तेलले १ लाख ९४ हजार पाउने देखिन्छ।

अर्ना बियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको थियो। त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो।

सोही घोषणा अनुसार खेलाडीहरुले कुल ६ लाख ७६ हजार पाउने भएका हुन्। जस अनुसार कुशल भुर्तेलले सर्वाधिक १ लाख ९४ हजार पाउने भएका छन्। अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो।

कुन खेलाडीले कति पाउँछन्?

कुशल भुर्तेल- १ लाख ९४ हजार (७४ रन, ८ चौका, २ छक्का)

आशिफ शेख- ६७ हजार (२७ रन, २ चौका, १ छक्का)

रोहित पौडेल- ९५ हजार (३५ रन, २ चौका, २ छक्का)

कुशल मल्ल- २६ हजार ( ६ रन, १ छक्का)

करण केसी- ६१ हजार (११ डट बल, २ विकेट)

सोमपाल कामी- १३ हजार (१३ डट बल)

अविनाश बोहरा- ९४ हजार (९ डट बल, १ मेडन, ३ विकेट)

सन्दीप लामिछाने- ६३ हजार (१३ डट बल, २ विकेट)

गुलशन झा- ६३ हजार (१३ डट बल, २ विकेट)

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily