काठमाडौं- डिजेल र मट्टीतेलको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राती १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य घटाएको हो।
यो सँगै अब डिजेल र मट्टीतललाई काठमाडौं, पोखरा र दिपायलमा १६४ रुपैयाँ पर्ने निगमले जनाएको छ।
उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनबमोजिम डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्यमा प्रति लिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्यमा प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको छ।
यस्तै, एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ।
प्रतिक्रिया