+
Search

ताजा अपडेट +

पपुलर +

उच्च बिन्दुमा पुगेको डलरको मूल्य घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

4KNationalDaily
२०८० कार्तिक १७, शुक्रबार ०७:५८ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा रहेको छ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५६ पैसा र बिक्री दर ८५ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १७ पैसा र बिक्री दर ९६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily