+
Search

ताजा अपडेट +

पपुलर +

आईसीसी टी-२० विश्वकप एसिया छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै

4KNationalDaily
२०८० कार्तिक १९, आईतवार ०८:४२ बजे

काठमाडौं– आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन् ।

समूह चरणमा ओमानसँग हारेको नेपाल सेमिफाइनलमा युएईलाई हराउँदै टी-२० विश्वकपमा छनोट भएको थियो । ओमान पनि छनोट भइसकेको छ ।

आज नेपाललाई ओमानसँग हारको बदला लिँदै उपाधि रक्षा गर्ने मौका पनि हुनेछ ।

ओमानले समेत सेमिफाइनलमा बहराईनलाई हराएको थियो । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily