+
Search

ताजा अपडेट +

पपुलर +

जाजरकोट केन्द्र बनाएर फेरि भूकम्प

4KNationalDaily
२०८० कार्तिक १९, आईतवार ०९:१६ बजे

काठमाडौं- जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ।

बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् ।

गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।

सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार गरिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्प गएकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily